2 महिना अगाडी
2082-11-04
नेपाली नागरिकता प्रमाणपत्र वितरण तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्य अनुरुप यस जिल्ला प्रशासन कार्यालयबाट मिति २०८२ मंसिरदेखि वडाबाट Online मार्फत नेपाली नागरिताको अनुसूची सिफरिस सुरुवात भएको हो । जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय खिजिफलाटेबाट अनिवार्य Online सिफारिस मार्फत नागरिकता वितरण गरिएको छ ।
Online मार्फत बंशज, अंगीकृत, गैरआवसीय, जन्मसिद्ध र जन्मको आधारमा गरी सबै प्रकारको नागरिकता दिने गरिएको हो । नागरिकताको प्रतिलिपिलाई भने हस्तलिखित सिफारिस नै प्रयोग भएको छ, प्रतिलिपिलाई पनि Online मार्फत चाँडै वितरण गर्ने गरी गृह मन्त्रालय सँग समन्वय भईरहेको छ । जिल्लामा २०८२ माघ मसान्त सम्म ८६३ जनाले नागरिकता प्राप्त गरेका छन् ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा .