7 महिना अगाडी
2077-04-05
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट प्रवाह हुने शान्ति सुरक्षा/अपराध नियन्त्रण, विपद व्यवस्थापन, सुशासन लगायतका सेवाहरुलाई व्यावसायिक रुपमा सम्पादन गर्ने उद्वेश्यले जिल्ला प्रशासन कार्यालयलाई प्राप्त कानुनी अधिकार, चालु आ.व.को स्वीकृत वार्षिक विकास कार्यक्रम तथा वजेट, नेपाल सरकार तथा प्रदेश सरकारवाट प्राप्त निर्देशन, गृह सचिवज्यू र प्रमुख जिल्ला अधिकारीविच भएको कार्यसम्पादन करार सम्झौता तथा स्थानीय वस्तुस्थिति समेतका आधारमा जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना, २०७७ तर्जुमा गरिएको छ ।
साथै, जिल्लाको समग्र सुशासन कायम गर्ने जिम्मेबारी जिल्ला प्रशासन कार्यालयको रहेको सन्दर्भमा यस जिल्ला स्थित सबै सरकारी कार्यालयहरुबाट समेत २०७७ श्रावण मसान्त भित्रमा आआफ्नो कार्यालयको सुधार योजना तर्जुमा तथा कार्यान्वयन गर्नेगरी तयारी गरिएको छ । साथै सबै स्थानीय तहबाट समेत सुशासन प्रवर्न गर्ने गरी योजना तर्जुमा तथा कार्यान्वयनको लागि समेत अनुरोध छ ।
प्रस्तुत जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना, २०७७ तथा अन्य सरकारी निकायहरुबाट २०७७ श्रावण मसान्त भित्रमा तर्जुमा हुने कार्ययोजना अनुसारका क्रियाकलापहरुको पूर्ण कार्यान्वयनमा यस जिल्ला स्थित सबै स्थानीय तह, राजनैतिक दल, नागरिक समाज, उद्योगी/व्यापारी, सञ्चार माध्यम तथा आम नागरिकहरुबाट पूर्ण सहयोग, समन्वय र सहकार्यको लागि हार्दिक अनुरोध छ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगा, परिवार
२०७७ श्रावण ०५ गते
Attached Files