2075-12-01
2075-12-01
नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाको
हातहतियार तथा खरखजाना बुझाउने सम्बन्धी
अत्यन्त जरुरी सूचना
सूचना प्रकाशन मिति २०७५।१२।०१
कानून बमोजिम लिनुपर्ने इजाजत नलिइ वा इजाजत पत्र नविकरण नगराइ वा इजाजत प्राप्त व्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले नेपाल राज्यभित्र कोहि कसैले हातहतियार र खरखजाना राखेको भए नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५/११/२८ को निर्णयानुसार गृह मन्त्रालयको मिति २०७५/१२/०१ मा प्रथम पटक प्रकाशित सूचनाका मितिले ३५ (पैतिस) दिन भित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य रुपमा बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छ । यसरी हातहतियार तथा खरखजाना बुझाउन ल्याएमा यस अघि ती अवैध हातहतियार र खरखजाना राखेको कारणले मात्र त्यस्ता व्यक्तिलाई कुनै कानूनी कारवाही नचलाइने हुँदा तोकिएको समयभित्रै अवैध हातहतियार तथा खरखजाना अनिवार्य रुपमा बुझाउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । यदि इजाजत प्राप्त नगरी आफूसँग रहेको हातहतियार तथा खरखजाना तोकिएको अवधिभित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्ति उपर प्रचलित कानून बमोजिम कारवाहि हुने व्यहोरा समेत सूचित गरिन्छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा
Powered By: ProActive Developers